रानीमहलमा हुने राष्ट्रिय पुरुषविच भलिबलको तयारी पुरा

पाल्पा, बैशाख २७

पाल्पाको रानीमहलमा हुने पुरुष राष्ट्रिय विच भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । यही बैशाख २८ देखि ३० गतेसम्म रानीमहलको काखमा रहेको विच भलिबल कोर्टमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् ।
सञ्जय मेमोरियल प्रतिष्ठानको आयोजना र पाल्पा भलिबल संघको सहआयोजनामा हुने विच भलिबल प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय टिम र आयोजक गरि १० टिमको सहभागीता रहने पत्रकार सम्मेलनमा आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी, मधेश, बागमती प्रदेश, एपीएफ, आर्मी, पुलिस र सह–आयोजक पाल्पा जिल्ला भलिबल संघको टिम सहभागी हुने अध्यक्ष मास्केले बताउनुभयो ।

लिग र नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन बैशाख २८ गते दिउँसो १ बजे हुने पाल्पा भलिबल संघका महासचिव कृष्ण आलेले जानकारी दिनुभयो । उहाले बिहीबार साँझसम्म प्रतियोगितामा सहभागी हुने सम्पुर्ण टिम र अफिसियल तानसेन आईपुग्ने बताउनुभयो । खेलकुदमार्फत पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यमा सबैको साथको अपिल समेत गरिएको छ । प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतिष्ठानका सचिव हिम बिक्रम केसीले जानकारी दिनुभयो । अघिल्लो वर्ष सञ्जय मेमोरियल प्रतिष्ठानले आयोजना प्रतियोगिता सम्पन्न भएको थियो । यसपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग र नेपाल भलिबल संघबाट स्वीकृतिमा आयोजित प्रतियोगिता नेपालको वीच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको आयोजकले जनाएका छन् । ागामी वर्ष अन्तर्राष्ट्रियस्तरका खेलाडीको सहभागीतामा प्रतियोगिता गर्ने तयारी भएको समेत आयोजकले जानकारी दिएका छन् ।
रानीमहलसम्म दौडप्रतियोगिता
प्रतियोगितामा जनसहभागीता बढाउन अन्तिम दिन बैशाख ३० गते बिहान रानीमहल दौडको समेत आयोजना गरिएको छ । तानसेनको कैलाशनगरदेखि रानीमहलसम्मको १३ किलोमिटर दौडलाई प्रतियोगिताका रुपमा आयोजना गरिएको हो । सञ्जय मेमोरियल प्रतिष्ठानले पुरस्कारको व्यवस्थासमेत गरेकाले सहभागी हुनसमेत आग्रह गरिएको छ ।

दौडमा पाल्पाका स्थानीय सहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागीता रहने सह आयोजक पाल्पा भलिबल संघले जनाएको छ । दौडमा पहिलो हुनेलाई १०, दोस्रोलाई ७, तेस्रोलाई ५, सान्तवना ३ र २ हजार रुपैया“ पाउने सञ्जय मेमोरियल फाउण्डेशनकी अध्यक्ष मास्केले जानकारी दिनुभयो । निःशुल्क दर्ता गर्न पाइने र सहभागीले टिसर्ट पाउने समेत जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *