पाल्पा, बैशाख १९
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखाको बैठकले जेठ ५ गते शुक्रबार जिल्लास्तरीय बृहत भेला गर्ने निर्णय गरेको छ । समन्वय शाखाका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा बसेको बैठकमा विगतमो समिक्षा गरिनुका साथै आगामी दिनमा गरिने क्रियाकलापका विषयमा छलफल भएको हो । अध्यक्ष अर्यालले विगतको समिक्षा र आगामी दिनको कार्ययोजना बनाउँदै भेलाबाट नयाँ कार्यसमिति गठन गरेर खेलकुद पत्रकार मञ्चलाई क्रियाशील गराउनुपर्नेमा जोड दिनुभयो । बैठकमा सचिव देव पचभैयाले खेलकुद पत्रकार मञ्च विगतमा क्रियाशील भए पनि पछिल्ला वर्षमा सुस्ताएकाले आगामी दिनमा चलायमान बनाउन कार्यसमिति बिस्तार, सदस्यता बितरण, वार्षिक कार्ययोजनाका साथै अघि बढ्ने बताउनुभयो ।
कोषाध्यक्ष कृष्ण कार्कीले भेला पछि खेलकुद पत्रकारहरुका लागि तालिम सञ्चालन, सम्मान लगायतका कार्यक्रम गरी स्थानीय तह, जिल्ला खेलकुद विकास समिति, खेल सम्वद्ध संघसंस्थासँग पनि समन्वय गरेर अघि बढ्नेमा जोड दिनुभयो । खेल पत्रकाहरु मुक्ति प्रसाद न्यौपाने, सन्तोष बस्याल, दयाराज न्यौपाने, विजय बौडेल लगायतले खेलकुद पत्रकार मञ्चलाई क्रियाशील बनाएर लैजान सबै क्षेत्रसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।