पाल्पा महोत्सव विहिबार देखि शुरु


पाल्पा, बैशाख १४
पाल्पा महोत्सव २०८० विहिबार देखि तानसेनमा शुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले सुन्दर नगरी तानसेन र वरपरका क्षेत्रको पर्यटकीय विकासका साथै पछिल्लो समय सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सव सफल हुने विश्वास लिनुभयो । लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा पहिचान बनाएको पाल्पा आन्तरिक तथा बाहृय पर्यटकका लागि महत्वपूर्ण स्थल रहेको भन्दै उहाँले उद्योग, व्यापार क्षेत्रमा चलायमान बनाउन पनि महोत्सव सफल हुने बताउनुभयो ।

महोत्सवको उद्घाटन अघि तानसेन नगरभित्रका टोल विकास संस्था, धार्मिक संघसंस्था, व्यापारिक प्रतिष्ठानको सहभागितामा जनचेतनामूलक झाँकी र्याली निकालिएको थियो ।  महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्री, वितरण हुने मेला आयोजनक पाल्पा उद्योग बाणिज्य संघले जनाएको छ । बैशाख २४ सम्म संचालन हुने महोत्सवमा ३ सय स्टल रहेका छन् । महोत्सवमा जेष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । महोत्सवमा १० करोडभन्दा बढीको कारोबार हुने र ३ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सव मुल आयोजक समितिका अध्यक्ष शैलेन्द्रभट्राईले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *