पाल्पामा भएको बस दुर्घटनामा एक जनाको ज्यान गयो, घाईतेको उद्धार हुँदै

पाल्पा, बैशाख १०
पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको छ । घाईतेहरुको उद्धारकार्य जारी छ । बुटवलबाट बाग्लुङ्गको हटियाका लागी छुटेको लु १ ख ५९५६ नम्बर बस आईतबार बिहान ९ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरीकार्यालय, पाल्पाले जनाएको छ । ज्यान गुमाउने महिला हुन् ।

घाईते १८ जनाको उद्धारकार्यजारी रहेको प्रहरीले जनाएको छ । बस भीरमा अड्किएको अवस्थामा रहेको छ । घटनाको बारेमा थप जानकारी आउन बाँकी छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *