विभिन्न सामाजिक विषय वस्तुलाई संगीतको माध्येमबाट चोटिलो प्रहार गर्न माहिर मानिएका गायक प्रकाश सपुतले यस पटक ल्याएको ‘सकम्बरी’ २० लाख भ्युहर्स बटुल्दै युटुवमा ट्रेन्डिङ–१ मा पर्न सफल भएको छ । विहिबार सार्वजनिक ‘सकम्बरी’ले रिलिज भएको ३ दिनमै यो समाचार तयार पार्दासम्म करिब २० लाख भ्युअर्स, १ लाख २८ हजार बढी लाईक र साढे ८ हजार बढी कमेन्ट प्राप्त गर्न सफल भएको छ ।
गरिबी, अशिक्षा, पारिवारिक यातना र आफ्नो महत्वकांक्षा पूरा गर्न शहर पसेकी ‘फूलमाया’ पात्रको माध्यमबाट सामाजिक यथार्थता तथा कलाकारिता क्षेत्रको रंगीत दुनियाभित्र हुने अध्यारो दुनियाका बारेमा ‘सकम्बरी’ले चित्रण गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।