पाल्पाको तिनाउमा एकैदिन दुई जनाको मृत्यु

तानसेन। शुक्रबार पाल्पामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बाल्टिनका डुबेर एक जना र फोटो खिच्ने क्रममा खोलामा लडेर १ गरी दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार  तिनाउ गाउँपालिका वडा नं. २, हरियाली गाउँका ४५ वर्षीय डम्मरबहादुर खत्रीको शौचालयमा रहेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।

श्रीमतीको माइतीमा बस्दै आएका खत्री शौचालयका लागि ट्वाइलेटमा गएपछि धेरै समयसम्म बाहिर ननिस्कएपछि खोजी गर्दा ट्वाइलेटभित्र बाल्टिनको पानीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै तिनाउ गाउँपालिका–३, भूतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ बेलहियाका २० वर्षीय शिवम जैसवालको मृत्यु भएको सूचना अधिकारी थापाले बताए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *