पाल्पा, चैत्र २३
नेपाली सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक गढी तथा किल्लाहरूको भ्रमण गर्ने भएको छ । राष्ट्रिय एकताको सन्देशसहित सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोट गढी तथा गीतगढी किल्लाको भ्रमण गर्ने भएको हो । चैत २८ गते गोरखाबाट ‘ऐतिहासिक गोरखा–जीतगढी’ पदयात्राका लागि हिँडेको टोली चैत २ गते पाल्पा आउने छ । पाल्पाको गढी तथा किल्लासम्मको यात्रा पाल्पास्थित दि फेमस महिन्द्र दल गणले गर्ने गणपति बाल मुकुन्द विष्टले जानकारी दिनुभयो । पाल्पामा पहिलो पटक रामपुरको केलादीदेखि तिनाउको नुवाकोट गढीसम्म पदयात्रा गने कार्यक्रम रहेको गणपति विष्टले बताउनुभयो । पदयात्राले सैनिक र नागरिकको सम्बन्ध सुमधुर हुने, नेपालीको गौरवपूर्ण इतिहासप्रति आम नागरिकको अभिरुचि बढ्ने, भावी पुस्तालाई इतिहासबारे जानकारी हुने उहाँले भनाई छ । ऐतिहासिक स्थलको पहिचानसँगै पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने र राष्ट्रिय एकताको संवैधानिक दायित्व पूरा गर्न पदयात्राले सहयोग पु¥याउने सेनाले जनाएको छ ।

सेनाको नेतृत्वका हुने पदयात्रामा आम नागरिक, स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूको सहभागिता रहने छ । यसबाट ऐतिहासिक गढी तथा किल्लाको संरक्षण गर्न र स्थानीय बासिन्दाको गढी र किल्लाप्रति अपनत्व बढ्ने आशा गरिएको छ । पाल्पाको केलादी हुँदै बाकुमगढी झडेवा माथागढी हुँदै तानसेन र तानसेन हुँदै तिनाउको जीतगढी किल्लासम्म पदयात्रा गर्ने सेनाको योजना छ । उक्त टोलीले बैशाख ७ गते बुटवलमा पदयात्राको झण्डा हस्तान्तरण गर्ने गणले जनाएको छ । पदयात्रामा सहभागी टोलीले १६१ किलोमिटर दुरी पार गर्ने तथा टोलीमा १५० देखि २०० जनाको सहभागिता रहने गणपति विष्टले जानकारी दिनुभयो ।
यसअघि नेपाली सेनाले गोरखादेखि पूर्वतर्फमात्रै पदयात्रा गरेको थियो । यो वर्षदेखि गोरखादेखि पश्चिम क्षेत्रका ऐतिहासिक स्थलहरूमा पदयात्रा गर्न थालेको जनाएको छ । विगतमा जनतासँगै मिलेर एकीकरण तथा नेपाल–अंग्रेज युद्धमा विजयी हासिल गरेको इतिहास रहेकाले पदयात्राले सेना र जनताको सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने नागरिक अगुवाहरुले जनाएका छन् । गढी तथा किल्ला संरक्षणमा समेत स्थानीय, प्रदेश र सङ्घीय सरकारको चासो बढ्ने आसा गरिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।