पाल्पा, चैत्र १९
पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्ग दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा निमार्ण सुरु भएको सुरुङ्ग मार्ग निमार्णका लागी दैनिक ९ घण्टा बाटो बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय, पाल्पामा बसेको बैठकले चैत २१ गतेबाट लागुहुने गरि प्रत्येक दिन बिहान ११ बजेदेखी दिउँसो २ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बस्तोलाले जानकारी दिनुभयो । अर्को सुचना जारी नहुदा सम्म सडक बन्द गरिने उहाँको भनाई छ ।

एम्बुलेन्स लगाएतका अत्यावश्यक सवारीलाई भने अबरोध नुहने जनाइएको छ । सुरुङ्ग निमार्णको क्रममा माथिबाट ढुङ्गामाटो खस्न सक्ने जोखि भएकाले सडक बन्द गरेर निमार्ण थालिने जनाइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।