पाल्पा, चैत्र १५
कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ । कोरोना सङ्क्रमण र रुघाखोकीको लक्षण उस्तै भएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयले आग्रह छ । ज्वरो आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन पनि मन्त्रालयले अपिल गरेको छ । भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको हो । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा लगाउन पनि सबैलाई आग्रह गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।