आज फागुन १५ , ४१ औ मगर एकता दिवस मनाइँदै

पाल्पा, फागनु १५
आज फागुन १५ गते । देश तथा विदेशमा रहेका मगर संघ तथा संघका भातृसंगठनहरुले ४१ औ मगर एकता दिवस मनाउँदैछन् । २०३९ साल फागनु १५ गते स्वर्गिय हेम बहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिबेशन भएको थियो । यसैको संझनामा मगर संघ र यस संग सम्वन्धित संघ सँस्थाहरुले एकता दिवसको रुपमा बिभिन्न कार्यक्रमको आयोजना गरेका हुन् । मगर एकता, भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तीका लागी स्थापना भएको लाङ्घाली परिवारसंघ, पछि नेपाल मगर संघमा परिवर्तन भएको मगर संघका संस्थापक महासचिब सुरेश आले मगरले जानकारी दिनुभयो । मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाउँमा गुल्मीको भार्सेमा मगरहरुको पहिलो संगठन बनेको भनिएपनि मगर संघले २०३९ साल फागुन १५ लाई नै संघको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

मगरबाहुल्य पालिकाहरुले दिए सार्वजनिक विदा

४१ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा आज देशभरका मगर बाहुल्य पालीकाहरुले सार्वजनिक विदा दिएका छन् । पाल्पा, गुल्मी, तनहु, स्याङ्जा, रुपन्देही लगाएतका जिल्लाका अधिकांस पालिकाहरुले मगर एकता दिवसका अवसरमा विदा दिएका हुन् । ५२ प्रतिशत बढी मगर जातिको बसोवास रहेको पाल्पामा १० वटै पालीकाहरुले सार्वजनिक विदा दिएका छन् । मगर संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै उनीहरुले मनाउने पर्वका रुपमा सार्वजनिक विदा दिएको विज्ञप्ती मार्फत जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *