माथागढी ३ सराईमा मगर एकता दिवशमा खाना महोत्वस संगै सांस्कृतिक कार्यक्रम हुने

पाल्पा, फागुन ११
पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ३ सराईको लखनपार्कमा मगर एकता दिवशका अवसरमा खाना महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । फागुन १५ को मगर एकता दिवश तथा ४१ औं मगर एकता दिवशमा अवसरमा कार्यक्रम आयोजना गरीएको नेपाल मगर संघ, माथागढीका अध्यक्ष शंकर दर्लामीले जानकारी दिनुभयो । स्थानीय कला संस्कृतिको जर्गेना, मगरी खाना, मगरी भेषभूषा, भाषाको संरक्षणका लगाएतका उद्धेश्य सहित कार्यक्रम हुने भएको हो । अध्यक्ष दर्लामीले कार्यक्रमले स्थानीय उत्पादनको बजारी करण, स्थानीय व्यवसायहीलाई प्रोत्साहन गर्दै मगरी संस्कृति र परम्पराको संरक्षणमा समेत सहयोग पुग्ने बताउनुभयो ।

नेपाल मगर संघ पाल्पाका जिल्ला अध्यक्ष तथा माथागढी गाउँपालिका ३ का वडा अध्यक्ष तेज बहादुर घर्तीमगरले मगर समुदायभित्र रहेका केही सांस्कृतिक विकृतिलाई हटाउँदै मौलिकताको जर्गेना र संस्कृतिक संरक्षण गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
१५ गते हुने कार्यक्रममा घोषणापत्र जारी गरेर मगर समुदायको उत्थानको लागि कार्यक्रम तथा ठोस योजना अघि सार्ने समेत अध्यक्ष घर्तीले जानकारी दिनुभयो । इतिहास, भाषा, धर्म र संस्कृतिको लागि संघले विगतका वर्षहरु देखि नै यस्तो कार्यक्रम गर्दै आइरहेको कार्यक्रम संयोजक मानबहादुर रानाले बताउनुभयो ।

रानाका अनुसार दिवशमा माथागढीका सबै वडा सहित जिल्लाका धेरै मगर समुदाय र अन्य समुदायको समेत सहभागिता रहनेछ । मेलामा मगरी सस्कृतिसँग सम्बन्धित मारुनी घाटु, ठुलो नाँच, सालै लगाएतको प्रस्तुती संगै स्थानीय मगर परिकार र स्टलहरु समेत रहने मगर महिला संघ, माथागढीका अध्यक्ष पुष्पा थापाले जानकारी दिनुभयो । फागुन १५ गतेको मगर स्थापना तथा एकता दिवसमा अवसरमा पाल्पाका माथागढी गाउँपालिका, तानसेन नगरपालिका, बगनासकाली गाउँपालिकाले स्थानीय बिदाको घोषणा गरिसकेका छन् भने अन्य सबै पालिकाहरुले समेत स्थानिय विदा दिने जनाएका छन् । फागुन १५ गतेको मगर एकता दिवसमा अवसरमा पाल्पाका सवै स्थानिय तहहरुमा समेत विविध कार्यक्रमको आयोजना भएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *