
काठमाण्डौं, फागुन ११
नेपाली लोक तथा दोहोरी गीतसँग सम्बन्धित कलाकारको संस्था ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ८ औं संघिय महाधिवेशन हुदैछ । यही फागुनको १२ देखि १४ गतेसम्म धादिङमा हुने महाधिवेशनमा देशभरका कलाकारहरुको सहभागीता रहने छ । लोक तथा दोहोरी गायक एवम् सर्जकहरूको भेलाले नयाँ कायैसमिति समेत निर्वाचित गर्ने अध्यक्ष रमेश बिजिले जानकारी दिनुभयो । शुक्रवार देखि शुरु हुने महाधिबेशनको मिति नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनमा सहमतिको प्रयास भैरहेको प्रतिस्ठानमा आवद्ध पदाधिकारीहरुले जनाएका छन् । नयाँ नेतृत्वका लागी निर्विरोध हुने गरी छलफल भैरहेको एक पदाधिकारले जनाए ।
प्रतिस्ठानको अध्यक्षका लागी अहिले रीता थापा मगर आकांक्षी रहेको समेत उनको भनाई छ । बर्तमान कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी रिता मगरले यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभएको छ । अघिल्लो कार्यकालमा विष्णु खत्रीले रमेश बिजीविरुद्ध उम्मेदवारी दिनुभएको थियो । खत्रीलाई बिजीले निर्वाचनमा पराजित गरिदिएका थिए । प्रतिष्ठानले विगतदेखि संस्थाको वरिष्ठ उपाध्यक्ष भइसकेको व्यक्तिलाई अध्यक्षको रूपमा उभ्याउँदै आएको छ । त्यसैले पनि मगरको उम्मेदवारीलाई धेरैले स्वभाविक मानेका समेत कलाकारहरुले जनाएका छन् । मगरविरुद्ध उम्मेदवारीदिने अर्का उम्मेदवारको अहिलेसम्म चर्चा नभएकोले पनि एक पदाधिकारीले जनाएका छन् । बरिष्ठ गायक विष्णु खत्रीले आफु लोक दोहोरी प्रतिस्ठानमा नरहेको घोषणा गर्दे केही दिन अघि मात्रै नयाँ संगठन निर्माण गर्ने जनाइसक्नु भएको छ । धादिङवेशीमा हुने महाधिवेशमा प्रतिष्ठानका ७७ शाखा शाखाबाट लोकदोहोरी कलाकारहरूको सहभागीता रहने छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।