राष्ट्रपति रनिङ्गशिल्डमा आई.टि.एफ् तेक्वान्डोको खेल सम्पन्न

पाल्पा, फागुन ८

जिल्ला खेलकुद विकास समिति, पाल्पाको आयोजना र माथागढी गाउँपालिकाको सहकार्यमा भैरहेको १४ औं पाल्पा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता २०७९ मा आई.टि.एफ् तेक्वान्डो को छनोट खेल सम्पन्न भएको छ । फागुन ७ देखि ९ गतेसम्म माथागढी गाउँपालिका, सराई, पाल्पामा भैरहेको प्रतियोगितामा १० पालिकाबाट १०० बढि खेलाडीहरुको सहभागी रहेको जिल्ला खेलकुद विकास समिति, पाल्पाका सदस्य श्याम बहादुर गाहाले जानकारी दिनुभयो ।

सो प्रतियोगितामा ३५— ४० के. जी तौलसमूहमा महिला एकल स्पायरिङ्गतर्फ माथागढी गाउँपालिकाकी कन्चन गाहा प्रथम, तानसेन नगरपालिकाकी अनिसा थापा दोस्रो र रैनादेबी गाउँपालिकाकी एन्जल बगाले र रामपुर नगरपालिकाकी लेनीम गाहा तेस्रो हुनुभयो ।
त्यस्तै महिला ४१.४५ तौलसमूहमा पूर्वखोला गाउँपालिकाकी एलिसा घर्तिमगर प्रथम, रम्भा गाउँपालिकाकी प्रशंसा पाठक दोस्रो, माथागढी गाउँपालिकाकी तामांना घर्तिमगर र तानसेन नगरपालिकाकी आरमित्मा मल्ल तेस्रो हुनुभयो । महिला ४६.५० तौलसमूहमा तानसेन नगरपालिकाकी गोमा राना प्रथम, पूर्वखोला गाउँपालिकाकी महिमा बारघरे दोस्रो, माथागढी गाउँपालिकाकी दिपिका थापा र रम्भा गाउँपालिकाकी शृष्टि सुर्यबंशी तेस्रो हुनुभयो ।

पुरुष एकल स्पायरिङ्ग तर्फ ३६.४० तौलसमूहमा बगनासकालीकाका युबिन राना प्रथम, तानसेन नगरपालिकाका रमित पुन मगर दोस्रो, पूर्वखोला गाउँपालिकाका विजय पुन र रैनादेबी गाउँपालिकाका सुलब राना तेस्रो हुनुभयो । ४१. ४५ तौलसमूहमा तानसेन नगरपालिकाका रजन रेग्मी प्रथम, रम्भा गाउँपालिकाका रिमो सिङ्गजाली दोस्रो, रैनादेबी छहरा गाउँपालिकाका सुदर्शन रेग्मी र पूर्वखोला गाउँपालिकाका प्रेम सिंह सिङ्गजाली तेस्रो हुनुभयो । ४६.५० तौलसमूहमा पूर्वखोला गाउँपालिकाका प्रविन झेदी प्रथम, रिब्दीकोट गाउँपालिकाका भुमबिर गाहा, रम्भा गाउँपालिकाका नर्जन सिङ्गजाली र रामपुर नगरपालिकाका लालपति थापा तेस्रो हुनुभएको पाल्पा जिल्ला आई.टि. एफ् तेक्वान्डो संघका अध्यक्ष निर बहादुर सारुले जानकारी दिनुभयो ।

यो प्रतियोगितामा प्रथम हुने खेलाडीहरु लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा भाग लिने आई.टि.एफ् तेक्वान्दो खेल छनोटको मुख्य निर्णायक कृष्ण थापाले बताउनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *