
पाल्पा, माघ २७
तानसेनमा नेवारी भोज हुने भएको छ । तानसेन २ असनटोल बिकास संस्थाको आयोजनामा आगामी फागुन ५ गते नेवारी भोज हुने भएको हो । २० बढी नेवारी खाजा र खानाका परिकार रहने सो भोजमा चार सय बढीको सहभागीता रहने अनुमान रहेको संस्थाका अध्यक्ष अनुजा बज्राचार्यले जानकारी दिनुभयो । सालको टपरीमा परिकार राखेर पलेटीमै नेवारी संस्कृति अनुसार मर्यादा पूर्वक भोज खुवाइने टोलविकास संस्थाका सल्लाहकार मदनलाल बज्राचार्यले बताउनुभयो ।
नेवारी संस्कृतिको संरक्षण र विधि परम्परा जोगाउन र नयाँपुस्तालाई जानकारी होस भनेर पनि भोजको आयोजना गरिएको संस्थाका अर्का सल्लाहकार शकुन्तला बज्राचार्यको भनाई छ । भोजमा सहभागीता हुन नौ सय रुपिया तोकिएको छ । शुक्रबार तानसेनमा पत्रकार भेटघाटका आयोजना गरि नेवारी भोजका बारेमा जानकारी दिइएको संस्थाका सचिव सुनिता थैब जानकारी दिनुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।