पाल्पामा भएको दुई दुर्घटनामा आमा छोरा सहित ३ जनाको ज्यान गयो

पाल्पा, माघ २१
शनिवार पाल्पामा भएको दुई वटा दुर्घटनामा आमा छोरा सहित ३ जनाको ज्यान गएको छ । ट्याक्टरको ठक्करवाट २ र ट्रकको ठक्कर बाट एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । ज्यान गुमाउनेमा तानसेन नगरपालिका १३ बौघागुम्हाका १९ वर्षिय अभिषेक थापा, उनकै आमा ३९ वर्षिया मिना थापा मिधुन र भारत घर भइ अहिले स्याङ्जाको वालिङ नगरपालिका ८ बस्ने ३६ वर्षिय विनय चौधरी रहेका छन् ।
प्रहरीका अनुसार सदरमुकाम तानसेनदेखि खानीगाउका लागी छुटेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही तर्फ जादै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार अभिषेक र उनकै आमा मिनाको ज्यान गएको हो । त्यस्तै पाल्पावाट बुटवलका लागी छुटेको लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जादै गरेको ग २ ख ८४३ नम्बरको ट्रकले तिनॉउ गाउपालिका ५ चौबीस माइलमा ठक्कर दिदा चौधरीको ज्यान गएको हो । ट्रयाक्टर, ट्रक र दुबै चालककलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *