
राजेन्द्र लिगल
पाल्पा, माघ १७
न्यु होराइजन बोर्डिङ स्कुल, पाल्पाको ३० औं वार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य ठाकुर प्रसाद गैरेले कार्यक्रमको उद्घाटन गर्दे बर्तमान शिक्षाको आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । आफुले बर्तमान शिक्षाको बारेमा संसदमा कुरा उठाउने भन्दै गैरेले विद्यार्थी, नेता, विद्यालयकै पूर्व अभिभावक भएकाले पनि विद्यालयका समस्या प्रति जानकार रहेको बताउनुभयो । कार्यक्रमको विशिष्ट अतिथि प्रदेश सभासद वीर बहादुर रानाले मुलुकमा दुई थरी शिक्षा निजि र सरकारी रहेको भन्दै त्यसको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । निजि र सरकारी बिद्यालयका कर्मचारीले पाउने तलव सुविधामा समेत एकरुपकता ल्याउनु पर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा विद्यालयले पाँच देखि तीस बर्ष सेवा अवधी पुगेका शिक्षक कर्मचारी हरु लाई सम्मान समेत गरेको छ । विद्यालयका प्राचार्य डासुराम पन्त,पुर्व प्राचार्य भेष राज सुवेदी, लेखापाल राजेन्द्र लिगल र सह लेखापाल सुमित्रा शर्मा लागाएत ५७ जना लाई सम्मान गरेको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, न्यु होराइजन आवासीय मा.बि बुटवलका प्राचार्य लोक नाथ उपाध्याय, तानसेन नगर पालिका वडा नम्बर ७ का अध्यक्ष प्रदिप खनाल, नेपाल रेड्क्रस सोसाइटी पाल्पाका सभापति बुद्धि प्रसाद शर्मा, पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष सैलेन्द्र भट्टराइ, नेपाल पत्रकार महासंघ, पाल्पाका उपाध्यक्ष भरत शर्मा, प्याब्सन पाल्पाका अध्यक्ष महेसमान बज्राचार्य , अभिभावक दिपक तिमिल्सिना, बिद्यार्थी रिया बश्याल, ओजस्वी आचार्य लगाएतका विद्यालयको थप प्रगतिको कामना गरेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निर्मल लकोलको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल डासुराम पन्त ले बार्षिक प्रतिबेदन, सहायक प्रिन्सिपल चन्द्रकान्त न्यौपानेको स्वागत र विद्यार्थी कृसला ढुंगानाको संचालनमा कार्यक्रम भएको हो ।