नेतृत्वको नयाँ अंकको सार्वजनिक तथा चर्चा सम्पन्न

पाल्पा, माघ १७

नेतृत्व मिडियाद्वारा प्रकाशित नेतृत्व त्रैमासिक पत्रिका वर्ष २५ अंक ३ ताननसेनमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । कार्यक्रमका पत्रिकाका सम्पादक प्रकाशक गोविन्द भट्टराईले नेतृत्व पत्रिकाले साझा मूल्य मान्यतालाई आत्मासात गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले सबैको सुझाव सल्लाह बमोजिम पत्रिकाका आगामी अंकहरुलाई प्रकाशन गर्दै जाने बताउनुभयो । पत्रिकको सार्वजनिक गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले नेतृत्वकर्तालाई नेतृत्व गर्ने उत्प्रेरणा पत्रिकाले दिन सकोस भन्ने शुभेच्छा व्यक्त गर्दै वस्तुपरक र सत्यनिष्ठ पत्रकारितालाई जोड दिन आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा आफूले पनि समसामयिक विषयमा लेख लेख्ने प्रतिबद्धता जनाउनुभयो ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले स्थानीय तहहरुले गर्दै आएका महत्वपूर्ण कामहरुको प्रचारप्रसारमा सञ्चारमाध्यमहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले आफूहरुले जनतासामु गरेका प्रतिबद्धता अनुसार बिस्तारै काम गर्दै जाने र त्यसको सही र उचित प्रचारप्रसारमा सञ्चारमाध्यमहरुको पनि सहयोगको आवश्यकता रहेको बताउनुभयो । नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले सहिद दिवसका अवसरमा कार्यक्रम राखी पत्रिकाको सार्वजनिक तथा चर्चा कार्यक्रम मार्फत महत्वपूर्ण सन्देश प्रावह भएको बताउनुभयो । उहाँले नैतिक मूल्यको राजनीति ह्रास भइरहेको अवस्थामा यो दिनले सकारात्मक विचार सञ्चार गरोस भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरेले पाल्पाली पत्रकारिता क्षेत्रमा नेतृत्व पत्रिकाले बेग्लै पहिचान बनाउन सकोस भन्ने शुभकामना दिनुभयो । माओवादी केन्द्रका जिल्ला सचिव मथुरा ढकालले नेतृत्वसँग जोडिएर सामग्री राखिएको भन्दै मुलुकलाई अग्रसर र समुन्नत बनाउन पनि नेतृत्वको अहम् भुमिका रहने बताउनुभयो ।

वर्तमान समयमा संघीयता देशको मूल बाटो रहेको भन्दै संघिय गणतन्त्रका विषयमा स्पष्ट हुनुपर्ने उहाको धारणा थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति जीवन पाण्डेले पत्रिका पठनीय सामग्री बन्न सकोस भन्ने कामना गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंकप्रसाद भट्टराईले सहिद दिवसका अवसरमा पत्रिका लोकार्पण गर्नु आफैमा अर्थपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । लेखक तथा साहित्यकार राजेन्द्रगोपाल सिंहले स्थानीय विषयबस्तुहरुलाई खोजमूलक रुपमा प्रकाशक गर्ने विषयमा स्थानीय मिडियाहरुले ध्यान दिनुपर्ने बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्माले नेतृत्व पत्रिकाले अहिलेको समाजले खोजेका रोजेका विषयहरुलाई उठान गरेको बताउनुभयो । कार्यक्रममा लेखक तथा साहित्यकार डा. टंक पन्थले नेतृत्व पत्रिकाको चर्चा गर्नुभएको थियो । कार्यक्रम पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालन र पत्रिकाका सम्पादक प्रकाशक गोविन्द भट्टराईको अध्यक्षतामा भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *