पाल्पामा भएको टिप्पर दुर्घटनामा चालकको ज्यान गयो

पाल्पा, माघ १२

पाल्पामा भएको टिप्पर दुर्घटनामा चालकको ज्यान गएको छ । दुर्घटनामा गल्याङ्ग नगरपालिका १ राम्दी, स्याङ्जाका २२ बर्षिय सरोज न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका ५ केराबारी नजिकै सो दुर्घटना भएको हो । पाल्पा बाट बुटवलका लागी छुटेको ना ८ ख ७९२४ नम्बरको टिप्पर गएराती करिब साढे ११ बजे दुर्घटना भई सडकबाट करिब १३ सय मीटर तल खसेको थियो । दुर्घटना पछि खोजी गर्दा चालक न्यौपानेको शब आज बिहान करिब पौने ८ बजेको समयमा तिनाउ खेलामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको समेत प्रहरीको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *