पाल्पामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयो ४ घाईते

पाल्पा, पौष २५
गएराती पाल्पामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । ४ जना घाईते भएका छन् । रम्भा गाउँपालिका ३ स्थित कालीगण्डकी कोरीडोर सडक खण्डमा भएको दुर्घटनामा रम्भा गाउँपालिका १ हँुगीका १७ वर्षिय विशाल थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । पिपलडाडा बाट हुँगीका लागी छुटेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर अनियन्त्रित भई १५ मिटर तल खस्दा ट्याक्टरमा रहेका थापा गंभिर घाईते भएका थिए । उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा ज्यान गएको हो । दुर्घटनाका घाईते रम्भा १ हुँगीका १९ वर्षिय विवेक थापा, रामपुर १ असर्दीका २४ वर्षिय दिल बहादुर घर्ती, रम्भा १ असर्दीका १८ वर्षिय पूर्ण बहादुर बोटे सामान्य उपचार पछि घर फर्किएका छन् भने रामपुर १ असर्दीका १६ वर्षिय युवराज घर्तीको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनापछि चालक फरार रहेको र घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *