तानसेनको कैलाशनगरमा मगरी खाजा र साँस्कृतिक कार्यक्रम हुँदै

पाल्पा, पौष २४

माघे संक्रान्ती २०७९ का अवसरमा पाल्पा तानसेनको कैलाशनगरमा मगरी खाजा एवम् बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । कैलाश बसन्त मगर समाजको आयोजना तथा मगर महिला संघ, पाल्पाको सह आयोजनामा यही पौष ३० गते शनिबार कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष शेर बहादुर सोमैले जानकारी दिनुभयो । आईतबार तानसेनमा पत्रकार भेटघाटको आयोजना गरि समाजका अध्यक्ष सोमैले कार्यक्रममा मगरी सांकृतिक कार्यक्रम र मगरी खाजालाई मुख्य प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा ठूलो नाँच (नचरी ), कौडा, ठाडो भाका झाम्रे संगै पाल्पाका ४ वटै कलाकेन्द्रहरुको बिशेष प्रस्तुती रहने सास्कृतिक उपसमितिका संयोजक प्रेम लामीछानेले जानकारी दिनुभयो । समाजका सल्लाहकार बल बहादुर रानाका अनुसार मगरी खाजाको रुपमा सेलरोटी, बटुक, सखरखण्ड, तरुल, चाकु, सुगुरको मासुका बिभिन्न परिकारहरु, कुखुराको मासु लगाएतका १२ बढी परिकारका स्टलहरु रहने छन् । विहान ११ बजे देखि बेलुकी ५ बजे सम्म हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत बिशेष प्रस्तुती रहने आयोजकहरुले जनाएका छन् ।

२०५४ सालमा कैलाशनगर र बसन्तपुरमा रहेका मगरहरुले स्थापना गरेको कैलाश बसन्तपुर मगर समाजमा अहिले १ सय १ घर परिवार आवद्ध रहेका छन् । पत्रकार सम्मेलनमा पत्रकार महासंघ, पाल्पाका अध्यक्ष रेखीराम राना, उपाध्यक्ष एवम प्रेस युनियन पाल्पाका सभापति भरत शर्मा, पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सिना, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य मिलन बिक, जिल्ला अध्यक्ष कृष्ण कार्की, प्रेस सेन्टरका अमृत अधिकारी लगाएतको सहभागीता थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *