
पाल्पा, पौष २४
प्याव्सन पाल्पाको ३२ औं प्याब्सन स्थापना दिवसका अवसरमा रक्तदान भएको छ । तानसेनको शित्तलपार्टीमा “रक्तदान, जीवनदान” भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको शुभराम्भ गर्दै लुम्बिनी प्रदेशसभाका सदस्य खेमबहादुर सारुले ३२ बर्ष अगाडी स्थापना भएको प्याब्सन पाल्पाले समाजपरिवर्तनका धेरै काम गरेको बताउनुभयो ।

पाल्पामा रहेका संस्थागत विद्यालयहरुले न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिदै आएको उहाँको भनाई थियो । प्याव्सन पाल्पाका अध्यक्ष महेश बज्राचार्यले विभिन्न समयमा शिक्षक, विद्यार्थीका लागि कार्यक्रम आयोजना गर्दै आएको र अहिले प्याब्सन दिवसका दिनमा रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । तानसेन पाल्पामा रहेको युनाइटेड मिसन अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा ११ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको प्याब्सन पाल्पाका सचिव अशेष भट्टराईले जानकारी दिनुभयो ।

विभिन्न संस्थागत विद्यालयका शिक्षक शिक्षिका, नियमित रक्तदाता र प्याब्सन पदाधिकारीहरुले रक्तदान गर्नुभएको कार्यक्रमका संयोजक गंगाबहादुर खत्रीले बताउनुभयो । रक्तदान पछि प्याब्सन कार्यालयमा दिपावली समेत गरिएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।