पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गयो , १८ घाईते


देव पचभैया
पाल्पा, पौष २२

पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना घाईते भएका छन् । रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा भएको दुर्घटनामा ६ जना महिलाहरुको ज्यान गएको हो । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस खुसार्ने निर गएराती १० वते तिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनु भयो । मृतक एकजानको पहिचान भएको छैन । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिनु भयो । दुर्घटनाका घाईते १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *