पाल्पामा बिहेभोज खाएर बिरामी परेकामा आउँको किटाणु भेटियो

पाल्पा, मंशिर २१

पाल्पाको चिर्तुङ्गधारामा बिहेभोज खाएपछि बिरामी परेकाहरुमा आउँका किटाणु भेटिएको छ । दूषित पानी, खाना वा सरसफाइ लगाएतका कारण हुने आउँको समस्या विरामीमा भेटिएको मिसन अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले जनाएका हुन् । विहेभोज खाएको दिन शनिबार राती देखिनै बिरामी भएकाहरुको बुधबार पनि घरघरमै पुगेर स्वास्थ्य परिक्षण उपचार गरिएको बगनाँसकाली गाउँपालिकाले जनाएको छ । बिरामीमध्ये कतिपयमा सुधार आए पनि केहीमा पुनः समस्या देखिएको छ ।

मिसन अस्पतालमा उपचार गराएर फर्किएकाहरूको प्रयोगशाला रिपोर्ट अनुसार सबैमा दिसामा एक प्रकारको किटाणु देखिएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो । बगनासकाली गाउँपालिका १, चिर्तुङधाराको घोरबन्दाका विहे भोजमा सहभागी झण्डै १ सय ५० बढी बिरामी परेका हुन् । प्यूठानबाट जन्ती आएका ४५ बढी जन्ती पनि बिरामी परेका थिए । स्वास्थ्य कार्यालय, पाल्पाले फुड पोइजनको खास कारण पत्ता नलागेको र पानी जाँचको प्रकृया अघि बढेको जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *