
पाल्पा, मंशिर ९
पाल्पा क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार खेमबहादुर सारु निर्वाचित हुनुभएको छ । सारु १४ हजार २९४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय ,रामपुरले जनाएको हो । उहाँका प्रतिष्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शंकर खनालले नौँ हजार ५०५ मत प्राप्त गर्नुभएको छ ।