
पाल्पा, मंशिर ९
प्रतिनिधि सभा पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुर गैरे विजयी हुनुभएको छ ।
नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेयलाई पराजित गर्दै गैरे विजयी हुनुभएको हो । गैरेले २७ हजार ८१७ मत प्राप्त गरी विजयी भएसंगै यसअघि चार पटक सांसद हुनुभएका पाण्डेयको बर्चश्व गुमेको छ । गैरेका प्रतिस्पर्धी पाण्डेयले २३ हजार ८५१ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो ।