प्रतिनिधि सभा पाल्पा क्षेत्र नम्बर १ मा एमालेका आचार्य विजयी

पाल्पा, मंशिर ९
पाल्पा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका नारायण प्रसाद आचार्य विजयी हुनुभएको हो । प्रतिस्पर्धी गठबन्धन बाट कांग्रेसका उम्मेद्वार ज्ञान बहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले आचार्य विजयी हुनुभएको हो ।
उहाँले ३१ हजार १ सय ३ मत प्राप्त गर्नु भएको छ । उपविजयी गाहाले १० हजार ८ सय ४७ मत ल्याउनुभएको हो । पाल्पा क्षेत्र नम्बर १ मा ५८ हजार ४ सय ९१ मत खसेको थियो । क्षेत्र नम्बर १ मा आचार्य र गाहा सहित ६ जना दल र ४ जना स्वतन्त्र उम्मेद्वार गरी १० जना प्रतिस्पर्धामा थिए । प्रतिस्पर्धामा स्वतन्त्र उम्मेद्वार विपिन कंडेलले २ हजार ८ सय ६३ मत, मंगोल नेशनल अर्गनाईजेशनका थमन बहादुर बुढा मगरले २ हजार ४५, राप्रपाका ज्ञान बहादुर सिंजालीले २५८ मत, राष्ट्रिय जनमुक्ती पार्टीका उजर सिं दर्लामीले १२१, जसपाका मेहरमान रानाले ८७, स्वतन्त्र उम्मेद्वारहरु राजु सुनारले ६८, नारायण न्यौपानेले २७ र डोलराज तिमिल्सिनाले १० मत प्राप्त गरेका छन् । प्रतिनिधि सभामा निर्वाचित आचार्य २०७४ सालमा क्षेत्र नम्बर १ ( २ ) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *