पाल्पा २ ( २) मा माओवादी केन्द्रका बसन्त घर्ती मगर विजयी

पाल्पा, मंशिर ९

पाल्पा क्षेत्र नम्बर २ ( २) मा गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार वसन्त घर्ती मगर विजयी हुनुभएको छ । ९४१ मतान्तरले उहाँ विजयी हुनुभएको हो । १३ हजार ९९२ मत प्राप्त गरी विजयी हुनुभएका बसन्तका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ओमबहादुर घर्ती मगरले १३ हजार ५१ मत प्राप्त गरर्नुभएको हो । विजयी वसन्त यसअघि पनि लुम्बिनी प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । उपविजयी ओम बहादुर तिनाउ गाउँपालिकाका पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *