पाल्पा २ (१) मा नेपाली कांग्रेसका राना मगर विजयी

पाल्पा, मंशिर ८

पाल्पाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसका वीरबहादुर राना मगर विजयी हुनुभएको छ । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीसमेत रहनुभएका रानाले १६ हजार ३९ मत प्राप्त गरि प्रतिस्पर्धी भन्दा २ हजार ७५ मतान्तरमा विजयी हुनुभएका हो । प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत प्राप्त गर्नुभयो ।

विजयी राना नेपाली कांग्रेस पाल्पामा २०६७ सालदेखि दुई कार्यकाल पार्टी सभापति हुनुहुन्थ्यो । पाल्पाको वगनासकाली–७, टाँकीचौर जन्मिएका बिर बहादुर राना २०७० सालको संविधानसभाको दोश्रो निर्वाचनमा प्रतिनिधिसभामा तत्कालिन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार सोम प्रसाद पाण्डे संग हार बेहोर्नुभएको थियो । २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश समानुपातिक सांसद बन्नुभएको थियो । प्रदेशसभा २ (२ ) मा मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार ५ सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार ५ सय २०, राष्ट्रिय जनमुक्ति पार्टीले ३ सय ५१, छातामा १ सय ६३ र मादल चिन्हमा ७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *