पाल्पा क्षेत्र नम्बर १ ( १ ) मा एमालेका राजु श्रेष्ठ विजयी

पाल्पा, मंशिर ८
पाल्पाको प्रदेशसभा निर्वाचनको क्षेत्र नम्बर १ (१ ) मा नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । रामपुर नगरपालिकामा २०७४ सालमा नगरप्रमुख पदमा पराजित श्रेष्ठ प्रतिस्पर्धी भन्दा ५ हजार ३ सय ९० मतान्तरले विजयी हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठले १७ हजार ६ सय ४२ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत प्राप्त गर्नुभएको हो । अन्य प्रतिस्पर्धी मंगोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर रुचालले २ सय ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले ४ सय ३१, राष्ट्रिय जनमुक्ति पार्टीका भिमसेन सुनारी मगरले ८० मत प्राप्त गर्नुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *