गुल्मीको ठुलोलुम्पेकमा भएको दुर्घटनामा ५ जनाको ज्यान गयो ३ घाईते

पाल्पा, मंशिर ७
गुल्मीको ठुलोलुम्पेकमा भएको जिप दुर्घटनामा ५ जनाको ज्यान गएको छ । ३ जना घाईते भएका छन् । बिहान ३ बजे भएको दुर्घटनामा गाडी मालिक ५१ वर्षिय झलक सोमै उहाका श्रीमती ४८ वर्षिया जमुना सोमै , ५५ वर्षिय टीका राहादी, ४७ वर्षिय नरबहादुर सिंजापति र २५ वर्षिय मिलन तरामुको ज्यान गएको स्थानीय पहलमान फौजाले जनाकारी दिनुभयो ।

घाईते चालक कार्वोलिन सोमै, स्थानीय चेतमान सिञ्जाली, गिरबहादुर राहदी र खण्डन सोमैलाई उपचारका लागी पाल्पा पठाएको जनाइएको छ । गुल्मीको रिडिबाट ठुलोलुम्पेकका लागी छुटेको जिप दुर्घटनामा परेको हो । घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *