पाल्पामा ४५ उम्मेद्धवारलाई भोट दिन २ लाख १ हजार ३ सय २६ मतदाता सहभागी हुँदै

पाल्पा, मंशिर ३

आईतवार हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनमा होमिएका ४५ उम्मेद्धवारलाई भोट दिन पाल्पामा २ लाख १ हजार ३२६ मतदाता सहभागी हुने भएका छन् । २ निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका सदस्यतका लागि ९६ हजार ३३ जना मतदाता रहेका छन् । यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि १ लाख ५ हजार २९२ मतदाताले मताधिकारको प्रयोग गर्न पाउने जिल्ला निर्वाचन कार्यालय, पाल्पाले जनाएको छ ।

प्रदेशसभा १ (१ )मा ४९ हजार २५१, प्रदेशसभा १(२)मा ४६ हजार ७ सय ८२ मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिनुभयो । जिल्ला निर्वाचन आयोग पाल्पाका अनुसार प्रदेशसभातर्फ २ (१ ) मा ५६ हजार १२० र २(२)मा ४९ हजार १७३ मतदाताले भाग लिन पाउनेछन् । २०७९ मंसीर ३ गतेसम्ममा १८ वर्ष उमेर पुगेका नागरिकलाई मतदान गर्न पाउने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ । पाल्पाका जम्मा २ लाख १ हजार ३२६ मतदातामध्ये महिला १ लाख ३ हजार ११८ र पुरुष ९८ हजार २०८ रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पाल्पामा ४५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । १५ राजनैतिक दल र स्वतन्त्रका गरी ४५ जना उम्मेदवार रहेका हुन् । प्रतिनिधिसभातर्फ २३ र प्रदेशसभातर्फ २२ जना उम्मेदवार प्रतिष्पर्धामा रहेको जिल्ला निर्वाचन आयोग, पाल्पाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *