विक्रम बारघरे
पाल्पा, कार्तिक २६
पाल्पाको झडेवाको आनन्दनगर स्पोर्टस क्लवले आयोजना गरेको जिल्लास्तरीय पुरुष भलिवलको उपाधि पाल्पाले हात पारेको छ । फाईनलमा रुपन्देहीलाई हराउदै पाल्पा विजेता वनेको हो । रुपन्देही उप(विजेता वन्दा गुल्मी तेस्रो भयो । विजेता पाल्पाले असी हजार नगद, उपविजेता रुपन्देहीले पचास हजार र तृतिय भएको गुमीले तिस हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विधागत तर्फ गुल्मीका मुस्कान कुवर बेस्ट सर्बर, पाल्पाका याम आले बेस्ट ब्लकर, पाल्पाकै बिनोद नेपाली बेस्ट डिफेन्स र अशिम राना बेस्ट प्लेयर चनिएका छन् । रुपन्देहीका रोहन सिरीस बेस्ट स्पाईकर र रुपन्देहीकै लोकेन्द्र भण्डारी बेस्ट सेटर बने ।

आनन्दनगर स्पोर्टस क्लवको खेलमैदानमा भएको प्रतियोगितामा पाल्पा, गुल्मी , रुपन्देही र कपिलवस्तुको सहभागिता थियो ।
प्रतियोगिता समापन कार्यक्रममा सास्कृतिक कार्यक्रममा सम्पन्न भएको थियो । कार्यक्रममा गायक रुपेश कार्की, गायिका यशोदा कार्की, हास्यकलाकार सुमित कुमार घिमीरे, साहारा कला केन्द्र तानसेन, साईनिन्ग स्टार डान्स एकेडेमी सराई , छमछम कला केन्द्र तानसेन, डान्सर सलिना थापा लगायत स्थानिय कलाकारहरुको प्रस्तुति थियो । विजेतालाई पुरस्कार प्रदान गर्दे प्रमुख अतिथी माथागढी गाउपालिकाका अध्यक्ष यम बहादुर चिदीले खेलले केवल मनोरन्जनमा मात्र नभई , गाँउठाउ र जिल्लाको पहिचान वनाउनमा मद्दत पुर्याउने बताउनुभयो । खेल क्षेत्रको विकासमा गाउँपालिकाको सधै साथ र सहयोग रहीरहने अध्यक्ष चिदिको भनाई थियो ।

यस अघि पालिकास्तरीय भलिवल आयोजना गरेको क्लवले यसपटक जिल्लास्तरीय प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगिताले स्थानिय खेलाडीहरुलाई केहि सिक्न तथा जिल्ला स्तरमा पुग्न प्रेरणा दिएको क्लवका अध्यक्ष किसन थापाले वताउनुभयो । पुरस्कार वितरण कार्यक्रममा माथागढी गाउँपालिकाका उपाध्यक्ष विष्णु माया लुन्गचे , ४ नम्बर वडाका वडा अध्यक्ष शंकर दर्लामी, ३ नम्बर वडाका वडा अध्यक्ष तेज वहादुर घर्ति , पालिकाका प्रमुख प्रशाशकिय अधिकृत दिनेश ज्ञवाली लगायतले शुभकामना दिनुभयो । क्लवका अध्यक्ष किसन थापाको अध्यक्षता सचिव हरी रानाको सन्चालनमा क्रार्यक्रम सम्पन्न भएको हो ।