जनताको दुख, अनि विकासको गति सुस्त देखेर चुनावमा होमिए ः पूर्व बेलायती शैनिक थापा

पाल्पा, कार्तिक २६

उ बेलाको उखानै थियो, ठुलालाई चयन, सानालाई एैन, यहाँ (नेपालमा ) साचिकै हो रै छ । जनताका दुःख जहाँको तही छ, विकास शुन्य, गरिखान पुग्दैन, जाने ठाँउ कही छैन , चुनावमा भोट माग्न घरदैलो अभियानमा ब्यस्त पूर्व बेलायती शैनिक हुम बहादुर थापा ( पचभैया)ले शुक्रवार बेलुकी सदरमुकाम तानसेनमा पत्रकारहरु संगको भेटमा अनुभब सुनाउनुभयो । १६ वर्ष बेलायती शैनिक र झण्डै पाँच वर्ष समुन्द्री जहाजमा शुरक्षाकर्मीको रुपमा काम गर्दा ५० बढी देशमा पुगेका तिनै हुम बहादुर थापा अहिले राष्ट्रिय जनमुक्ति पार्टीवाट पाल्पा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

भोट माग्दै गाउँ टोलमा पुग्दा जनताले पाएका दुख र भोगेका नमिठा अनुभवले उहाको धेरै पटक आँखा रसाएको छ । बर्षभरी काम गरेर ६ महिना खान नपुग्ने पेशामा रहेका जनताको बाध्यता अहिले सम्म कसैले नबुझेको उहाँको ठम्याई छ । खानलाई पानी समेत पाउन मुश्किल छ, विना अध्ययन खोलिएका गाउँका ज्यान मारा बाटो, बुढाबुढीको मात्रै गाउँमा बसाई, सारै नरमाईलो रहेको थापाले बताउनुभयो । हुने खाने शहर पसे, काम गर्न नसक्ने र कमजोर आय भएकाले गाउँ धानेका छन्, थापाले भन्नुभयो यस अघि जित्ने नेता र पार्टीलाई जनताले धिक्कारेका छन्, केही माखो मारेनन् भन्ने गुनासो गरिरहेका छन्, अनि हामीलाई पनि त्यही घानमा मिसाएर गाली गरिरहेका छन् ।
बेलायत बस्न छोडेर किन दुख पाउन नेता बनेको ? पत्रकारको प्रश्न नसकिदै ६४ वर्षिय थापाको जवाफ थियो, जनताको दुख, अनि विकासको गति सुस्त देखेर चुनावमा आएको हुँ । रिब्दीकोट, ठिमुरे घोर्लीखरक पाल्पामा जन्मिएका थापाको नारा छ “जनताको धन जनतालाई, मलाई जिताएर पठाएमा तलव भक्ता जिल्लाबासीको नाउँमा खाता खोली जिल्लाको विकास निर्माणमा लगाउनेछु । ”
२०४७ सालमा स्थापना भएको राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय सदस्य तथा नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका संघिय अध्यक्ष समेत रहनुभएका हुम बहादुर थापाले स्वर्गिय गोरेबहादुर खपाङ्गीबाट उत्प्रेरणा पाएर पार्टीमा सक्रिय भएको बताउनुभयो ।

२०५० सालमा पाल्पामा स्थापना भएको जनमुक्ति पार्टीको संस्थापक कोषाध्यक्ष रहनुभएका उहाँले आफ्नो पार्टीको विचारले राज्यसत्ता संचालन गरेकोमा खुशि जनाउनुभयो । पार्टी सानै भो होला तर पार्टीले बोकेको संघियता, धर्मनिरपेक्षता, समाबेशीयताको नारा अहिले सरकारको मुल एजेण्डा बनेको छ , पहिलो पटक प्रत्यक्ष चुनावी अभियानको अनुभव लिनुभएका थापाले भन्नुभयो मलाई जनताले भोट दिएर जिताएमा नमुना गाउँ र नमुना क्षेत्र बनाउँछु ।
धेरै नेता र कर्मचारी पनि विदेशमा घुम्न गएको देख्छु, सुन्छु, थापाको दुखेसो थियो, त्यहाको विकास, नियम र कामको शैली नेपालमा लागु किन हुँदैन भन्ने मनमा लागीरहन्छ । एक मिनेट काममा ढिलाई हुँदा, कानुनले छोप्ने विदेशको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, नेपालमा विकासको मुख्य बाधक भनेको भ्रष्ट्राचार देखे ।

भ्रष्ट्राचारको अन्त्य आफ्नो चुनावको मुख्य एजेण्डा रहेको थापाको भनाई छ । म फेरी भन्छु, ठूला बडाले जे गरेनी भाछ, सानालाई केही छैन, तेही भएर चुनावमा होमिएको हुँ, उहाँले भन्नुभयो , नियम कानुन सबैलाई बराबर गर्न र दुखी गरिबका समस्या सुन्ने अनि समाधानको प्रयास गर्ने मेरो उद्धेश्य हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *