अस्थायी मतदाताका लागि १ सय ४१ वटा मतदान केन्द्र स्वीकृत

पाल्पा, कार्तिक २४

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि एक सय ४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ । २०७२ सालमा लागू भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो । त्यही व्यवस्थाअनुसार मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्ने गरी व्यवस्था गरिएको आयोगले जनाएको छ । अस्थायी मतदाता हुनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । आयोगले एउटा जिल्लामा बढीमा आठ र घटिमा एक वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको जनाएको छ । अस्थायी मतदाताको सूचीमा चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी, जेलमा बसेका कैदीबन्दीलगायत रहेका आयोगले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *