पाल्पा, कार्तिक २२
पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य , नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्यले नेपालमा सबैभन्दा राम्रो काम केपी सरकारको पालामा भएको बताउनुभएको छ । एमाले उम्मेदवार आचार्यले निस्दीको वडा नंं २ सहलकोट, वडा नंं ३ झिरुवास र तिनाउँ गाउँपालिका वडा नंं ५ कोल्डाडा क्षेत्रमा घरदैलो गर्दै केपी ओली सरकारको पालामा पुल, सडक, विधालयका भवन, सास्कृतिक डवली, गाउँ गाउँमा रोजगारीका अभियानहरु संचालन भएकोलेमा प्रचण्ड, माधव नेपालहरु आत्तिएर सरकार ढलाएकोले अव जनताले एमालेलाई जिताएर पुन एमाले सरकार बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा पाल्पा क्षेत्र नम्बर १ ( २ ) का प्रदेश सभा सदस्य पदका एमाले उम्मेदवार खेम बहादुर सारुले पुर्वखोला वडा नंं ६ हेक्लाङ र तिनाउँ ५ कोल्डाडाका जनता संग घरदैलो कार्यक्रममा केरावारी पाताल मराङकोट सडक स्तरउन्नती गर्ने, ठाडे र पातालमा सिंचाई योजना, जल्माघाटमा पक्कीपुल, खेलमैदान र मरामकोट, पातालमा पर्यटकीय पूर्वाधार निर्माणमा पहल गर्ने बताउनु भयो । क्षेत्र नंं १ (१ ) का प्रदेश सभा सदस्य एमाले उम्मेदवार राजु प्रसाद श्रेष्ठले निस्दीको वडा नम्बर २ सहलकोट र वडा नंं ३ झिरवासमा घरदैलो गर्दै एमाले सरकारले ल्याएको एक घर एक धारा, स्थानीय सडकको स्तरउन्नती, काउले डाडामा थप पर्यटकीय पुर्वाधार निर्माणमा पहल गर्ने बताउनु भयो ।
पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एमाले उम्मेदवार ठाकुर प्रसाद गैरे र प्रदेश सभा सदस्य पदका उम्मेदवार ओम बहादुर घर्ती मगरले तिनाउँ गाउँपालिका वडा नंं १ झिंगामारा, ठुली उदान, कचल र ओखलढुङ्गा क्षेत्रमा घरदैलो गरी त्यस क्षेत्रका समस्याहरु समाधानमा पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । झिंगामारा, रानीबगीया, ठुलिउदान, हुदै जुठापौवा चहला जोड्ने सडकको स्तरउन्नती, मिmंगामारा, कचलबुढीकोट, ओखलढुङ्गा मोटरबाटो र दोभान कचल बल्ढेङ्गढी सडक, छहरा, फेक, बुढीकोट, कचल, झिंगामारा रानीबगीया सडक स्तरउन्नतीको केन्द्रिय स्तरबाटै पहल गर्ने एमाले उम्मेदवार गैरेले बताउनुभयो । कचल क्षेत्रको समग्र खानेपानी, विधुत, मोटरबाटो स्तरउन्नतीमा पहल गर्ने क्षेत्र नम्बर २ (२ ) का प्रदेश सभा सदस्य उम्मेद्वार ओम बहादुर घर्तीमगरले बताउनु भयो । पाल्पा क्षेत्र नम्बर २ (१ ) का उम्मेदवार पर्सुराम भट्टराईले बगनासकाली गाउँपालिकाको वडा नम्बर ६ को यम्घाको मन्द्रान, लाम्दी, शिखरडाडा क्षेत्रमा घरदैलो गर्नुभएको छ । मद्रान क्षेत्रका जनताले सिंचाई तथा दिर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्ने, मोटरबाटो स्तरउन्नती र कालीगण्डकी करिडोर चाडो पिचको काम गर्न जनताको माग रहेकाले एमाले उम्मेदवार भट्टराईले आफु प्रदेशसभा सदस्यमा निर्वाचित भए सवैकाम सम्पन्न गर्न पहल गर्ने बताउनुभयो ।