पाल्पा, कार्तिक २२
वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठले बदर मतलाई शुन्यमा झार्ने गरी आफुहरुले काम गरेको बताउनुभएको छ । उहाले मंगलबार पाल्पा क्षेत्र नम्बर एक को रामपुरमा मतदाता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाका १० वटै स्थानीय तहमा पुुगेर गठबन्धनले मतदाता शिक्षा प्रवाह गरिरहेकाले आगामी निर्वाचनमा बदर मत शून्यमा झार्ने दावी गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि यमलाल तिमिल्सिनाले गठबन्धन जनताका हक हित र अधिकारको सुनिश्चितताका लागि भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार लेखनाथ पोखरेल,नेकपा माओवादी केन्द्रका नेत्र प्रसाद पाण्डेय,माओवादी केन्द्र रामपुर नगर इन्चार्ज कमल राज भट्टराई ,प्रतिनिधि सभा समानुपातिक उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार जित बहादुर थापा, प्रदेश १ का समानुपातिक उम्मेदवार गीता विक ,एकीकृत समाजवादीका जिल्ला सहसचिव कमल सेन लगायतले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउज सवैसंग आग्रह गर्नुभयो । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य राम प्रसाद गैरेको धन्यवाद र दानु हिस्कीको संचालनमा सम्पन्न भएको हो ।