देउसी भैलोको रकमबाट आँखा नदेख्ने विद्यार्थीहरुलाई एक छाक खाना

पाल्पा, कार्तिक २१
पाल्पामा देउसी भैलोबाट उठेको रमक बाट आँखा नदेख्ने विद्यार्थीहरुलाई एक छाक खाना खुवाईएको छ ।

विशालबजार तानसेन पाल्पाको देउसीभैलो समुहले दमकडा नमुना विद्यालयका आँखा नदेख्ने २४ बढी विद्यार्थीहरुलाई एक छाक खाना खुवाएको समुहका संयोजक बृहस्पति राना मगरले जानकारी दिनुभयो ।

देउसीभैलो बाट उठेको एक लाख बढी रकम बाट छुट्याएको १६ हजार दृष्टिविहिन विद्यार्थीहरुलाई खाना खुवाउँदा खर्च भएको जानकारी दिदै संयोजक रानाले अन्य पैसा समेत यस्तै सामाजिक हितमा खर्च गरिने बताउनुभयो ।

कार्यक्रममा सहभागी विशालबजारका समाजसेवी डिल बहादुर रानाले विद्यार्थीहरुको लागी ६ हजार नगद, विद्यालयको अक्षयकोषका लागी कालिका फेसहाउस, तानसेनका संचालक धन बहादुर बुढाथोकीले १० हजार र बिशालबजारकै धर्म गाहाले ६ हजार नगद विद्यालयका प्राचार्य मोहन सापकोटालाई हस्तान्तरण गर्नुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *