पाल्पा, कार्तिक १३
मनकामना दर्शनका लागी पाल्पाबाट छुटेको बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । २३ घाईते भएका छन् । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना मन्दिर दर्शनका लागि राती ११ बजे तिर्थयात्री लिएर छुटेको लु ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिका–२, मथारमा विहान ३ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा २ पु?ष र ३ जना महिलाको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा रम्भा गाउँपालिका वडा नं. १ हुँगी बस्ने अन्दाजी ४१ वर्षिय तारा वि.क, सोही स्थानका अन्दाजी १७ वर्षिय विनय वि.क, ६२ वर्षिय धनी वि.क, ५८ वर्षिय देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका ९ बेलचौर बस्ने अन्दाजी ४५ वर्षिय फुल मायाँ माझी रहेका छन् । घाईते रम्भा गाउँपालिकाका ४ वर्षिय अंकित सुनार, १० वर्षिय कृष्ण केवट, १८ वर्षिय प्रविन सुनार, २० वर्षिय राम वि.क., २१ वर्षिय रिता वि.क, २५ वर्षिय कासीराम वि.क., १ वर्षिय आईसा वि.क., १६ वर्षिय अविनास वि.क., १७ वर्षिय विशाल वि.क., ७ वर्षिय पुष्पा वि.क., ४७ वर्षिय मेघनाथ वि.क., स्याङ्जा गल्याङ ९ का २५ वर्षिय दिल माया राना, सोही स्थानका ३ वर्षिय रविन राना, भैरहवा भिम अस्पतालमा कार्यरत ३२ वर्षिय सुमित्रा वि.क, रम्भा १ भाले ढुङ्गाका १५ वर्षिय रिमा वि.क., रम्भा १ की ३२ वर्षिय सनु सुनार, रम्भा १ का ३८ वर्षिय प्रेम बहादुर सुनार, २० वर्षिय आशिष सुनार, २० वर्षिय विजय वि.क, ३६ वर्षिय मायाँ वि.क., स्याङ्जा गल्याङ ८ का ३५ वर्षिय मनोज कुमार वि.क., सोही स्थानका ३० वर्षिय उमा कुमारी वि.क., गल्याङ ९ का ३० वर्षिय सरिता माझी, सोही स्थानका ३१ वर्षिय रामु राना, पाल्पा रम्भा १ का १२ वर्षिय अस्मिता सुनार, ४७ वर्षिय ओम बहादुर वि.क, ४५ वर्षिय सेती वि.क र ४८ वर्षिय शिव कुमारी वि.क. रहेका छन् ।
चालक रामपुर ३ गण्डकी ढिकका दिल कुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठ पनि घाईते भएका छन् । घाईतेह?लाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायण घाट पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता पूर्व) का प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।