थापाको चुनावी अभियान जन्मस्थानबाट

पाल्पा, कार्तिक ८

पाल्पा क्षेत्र नंबर २ को संघीय प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुमबहादुर थापा (पचभैया मगर ) ले आफ्नो जन्मस्थान रिब्दीकोट, ठिमुरे घोर्लीखरकबाट चुनाव प्रचार प्रसारको शुभ आरम्भ गर्नुभएको छ । रिब्डीकोट बुद्ध बिहारमा बुद्ध पुजा सम्पन्न गरि उमेद्वारका माईला दाई गिर बहादुर पचभैया मगरले यस क्षेत्रबाट राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेद्वार सबैलाई टिका र माला लगाई आशिर्वाद र शुभकामना दिनुभयो ।
कार्यक्रममा प्रदेश सभाको लागि पाल्पा क्षेत्र २ (२ ) बाट ईन्द्र बहादुर अस्लामीमगर र संघको समानुपातिक उमेद्वार पार्टीका मुल्याङ्कन तथा अनुगमन बिभाग प्रमुख दल बहादुर बिरकट्टा मगरको पनि सहभागीता थियो ।
थापाको प्रतिबद्धता
उम्मेद्वार थापाले आफु विजयी भए यस क्षेत्रको समग्र विकासको लागि राष्ट्रिय जनमुक्ति पार्टीको घोषणापत्र र आफ्नो प्रतिबद्धता अनुसार काम गर्ने बताउनुभयो । निशुल्क शिक्षा, स्वास्थ्य , बैकल्पिक उपाए बाट खाने पानीको ब्यबस्था गर्ने, गाँस , बास र कपासको ब्यबस्था गर्ने, पहाडको उच्च स्थानमा केवलकार र रोपवे द्वारा यातायातको सुबिधा दिने , भ्रष्टाचार निर्मुलिकरण गर्ने उहाँको प्रतिबद्धता थियो । आफुलाई जिताएमा पाउने भत्ता र सेवा सुविधा आफुले नबुझी गाउँको विकासको लागि जनतालाई जिम्मा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्का उम्मेद्वार ईन्द्र बहादुर अस्लामीमगरले लामो समयदेखि एमालेमा बसेर काम गरेको अनुभव सुनाउँदै उहाँले एमालेमा बसेर हाम्रो समुदायको विकास र मुक्ति नहुने देखेर पार्टीनै छोडेर जनमुक्तिमा प्रवेश गरेको बताउनुभयो । अरु पार्टीमा आदिवासी जनजातिहरु जोतिने र हलि बनिरहने तर अन्नबाली स्यारनेबेला मालिक अरुनै बन्ने चलन भैरहेको उहाँको आरोप थियो ।
कार्यक्रममा पार्टीका मुल्याङ्कन तथा अनुगमन बिभाग प्रमुख दल बहादुर बिरकट्टा ,रिब्डीकोट बुद्ध बिहारकालागि धर्म प्रवचनमा प्रमुख पाहुनाको रुपमा आउनु भएका बुद्ध धर्म र दर्शनबाट पिएचडि शोधार्थी टि बि पुन मगर , समाजसेवी गिर बहादुर पचभैया मगर र पार्टीका पाल्पा जिल्ला अध्यक्ष नारायण बहादुर कुँवरले जितकोलागि शुभकामना दिनुभयो । कार्यक्रम पार्टी अध्यक्ष नारायण बहादुर कुवरको अध्यक्षता, सह सचिव पदमबहादुर थापामगरको स्वागत र पार्टी सचिव डिल बहादुर रानाको संचालनमा सम्पन्न भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *