घाँसकाट्ने क्रममा करेन्टलाग्दा पाल्पामा एक जनाको ज्यान गयो

पाल्पा, कार्तिक ८
पाल्पामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । घांसकाट्न घर नजिकैको दबदबेको रुखमा चढ्दा करेन्ट लागेर रामपुर नगरपालिका ९ जब्कादीका २९ वर्षिय विष्णु बहादुर श्रेष्ठको ज्यान गएको हो । मंगलबार बिहान १० बजे तिर रुखमा चढेर घाँस काट्ने क्रममा एक्कासी थ्री फेसको लाईन छुन गई करेन्टलागेर भुईमा खसेका विण्णु बहादुरलाई उपचारका लागी युनाईटेड मिशन अस्पताल पाल्पामा पठाएपनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *