पाल्पा, असोज ३०
पाल्पामा पौडीखेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । तानसेन नगरपालिका –२ नारायणस्थानस्थित पोखरीमा डुवेर तानसेन–६ टुुँडिखेल नजिकै बस्ने १२ वर्षिय सुजल पराजुलीको ज्यान गएको हो । आईतवार दिउँसो पोखरीमा डुवेका पराजुलीलाई प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरी युनाइटेड मिसन अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।