रुखबाट खसेर पाल्पामा एक युवाको ज्यान गयो

पाल्पा, असोज २९
रुखबाट खसेर पाल्पामा एक युवाको ज्यान गएको छ । अरिङ्गालपोल्ने क्रममा सालको रुखबाट खसेर तिनाउँ गाउँपालिका २ हापुरेका ३० वर्षिय बिष्णु बहादुर सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घर नजिकैको तारे जंगलमा छिमेकी पुर्णबहादुर राना र मृतक बिष्णु अरिङ्गालपोल्न रुखमा चढेका थिए । एक्कासी रुखबाट खसेका सारुलाई उपचारका लागी प्रादेसिक अस्पताल बुटवलमा पठाएको र उपचारका क्रममा उहाको ज्यान गएको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *