पाल्पा, असोज २२
लगातारको झरीले पाल्पाका ग्रामिण क्षेत्रका बाटोहरु बन्द भएका छन् । बाटो बन्द भएपछि दशै मनाउन गाउँ गएकाहरु उतै रोकिनुपरेको छ । बाटो बन्द भएपछि गाडीहरु गाउँमै रहेका छन् । गाउँ बाट दैनिक शहर आउने दुध, तरकारीहरु आउन पाएका छैनन् ।
सदरमुकाम तानसेन देखि गाउँ गाउँमा लानुपर्ने खाद्धान्न लगाएतका अत्यावश्यक सामाग्री समेत लान समस्या भएको स्थानीय ब्यापारीहरुले बताएका छन् ।
निरन्तरको पानीले अधिकांश क्षेत्रमा बिजुलीको समस्या भएको छ । पहिरोले बिजुलीका पोल ढाल्ने, तार चुडिने समस्या भएपछि बिजुली विग्रिएका हुन् । ठुला पहिरो गएकाले डोजर विना पहिरो हटाउन नसकिने स्थानीयको भनाई छ ।
हिडेरै सदरमुकाम फर्किनेहरुले निकै जोखिम मोलेर फर्किएको बताएका छन् । पहिरोले बाटो पुरिएको, खोलाहरु बढेको र माथि बाट ढुंगा झर्ने समस्या रहेकाले यात्रागर्दा सचेत हुन आग्रह समेत गरेका छन् ।