पाल्पामा घर पुरिँदा दुई जना घाइते

पाल्पा, असोज २१
पहिरोले घर पुरिदा पाल्पामा २ जना घाईते भएका छन् । तिनाउ गाउँपालिका–६, मस्यामस्थित चिदीसका नीरबहादुर सारुको घरलाई पहिरोले च्याप्दा डेढ वर्षकी अरुषी खासु र २१ वर्षकी विष्णुमाया सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घाइते दुवैजनाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घरमा सुतिरहेका बेला शुक्रबार बिहान साढे ३ बजेतिर पहिरोले घर च्यापिएर घटना भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *