पाल्पा, असोज २१
गएराती देखि बन्द भएको पाल्पा बुटवल सडक खुल्न अझै केही घण्टा लाग्ने भएको छ । सिद्धार्थराजमार्ग अन्र्तगत पर्ने हिउँदे खोला , सिद्धबाबा, भालेबास लगाएतका क्षेत्रमा पहिरो गएपछि बाटो बन्द भएको हो । बन्द बाटो खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । यस्तै पाल्पा वालिङ्ग सडक खण्ड र पाल्पा रिडि सडक भने सुचारु छ । तर तानसेन रिडि सडकका बिभिन्न स्थानमा हिले पहिरो गएकाले साना गाडीलाई समस्या रहेको र पाल्पा वालिङ्ग स्याङ्गजा सडकमा ठूला गाडी संचालनमा समस्या भएको पनि प्रहरीले जनाएको छ ।