पाल्पामा खोलाले बगाउँदा एक वालिकाको ज्यान गयो

पाल्पा, असोज २०
पाल्पामा खोलाले बगाउँदा एक वालिकाको ज्यान गएको छ । रिब्दीकोट –६, ठिमुरेस्थित मन्दीखोलाले बगाउँदा रिब्दीकोट –५, नयाँटोलकी पाँच वर्षिया प्रिन्सु पचभैँयाको ज्यान गएको हो । बिहीबार बेलुकी साढे ४ बजेतिर नयाँ टोलबाट रानीठाँटी जाने क्रममा पचभैँयासहित तीन जनालाई खोलाले बगाएको थियो । खोला तर्ने क्रममा प्रिन्सुसँगै आमा कविता र मीना रानालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । खोलाले बगाएका कविता पचभैँया र मीना रानाको भने उद्धार गरिएको छ । प्रहरीका अनुसार घाईते मीनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ । कविता सकुशल रहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *