तानसेन ,पाल्पा भाद्र-२४
नेपाल मगर विद्यार्थी संघ जिल्ला समिती पाल्पाले संगठन बिस्तारलाई तिब्रता दिएको छ । जिल्लामा विभिन्न खाले रचनात्मक कार्यक्रम गर्दै आएको मगर विद्यार्थी संघले जिल्ला भित्र संचालित विभिन्न मा.बि.तह देखि माथिल्लो तहका क्याम्पसमा इकाइ समिती बिस्तार कार्यक्रमलाई जोड दिएको छ । मगर जातीको अत्याधिक बाहुल्यता रहेको पाल्पा जिल्लामा मगर विद्यार्थी संघले जिल्ला भित्र अध्ययनरत सम्पुर्ण मगर विद्यार्थीहरुलाइ संगठित गर्दै शैक्षिक जागरणका लागि अभियानमा लागेको संघका अध्यक्ष अमित रास्कोटी मगरले बताउनुभयो । गत २० गते सोमबारदेखि सुरु भएको अभियानमा तानसेन नगर भित्र रहेका सर्बोदय मा.बि. तानसेन-१२ बौघागुम्हामा सानिया सिंजाली मगरको नेतृत्वमा १५ सदस्यीय समिती,लुम्बिनी मा.बि. तानसेन-१२,लुहुङ मा युबराज रानामगरको नेतृत्वमा १३ सदस्यीय समिती त्यसैगरी मोहन कन्या मा बि तानसेनमा कमला रास्कोटीमगरको नेतृत्वमा ११ सदस्यीय समिती,महेन्द्र बोधी मा बि तानसेनमा सुश्मा रुचालमगरको नेतृत्वमा ११ सदस्यीय समिति ,जनता मा बि (जे भि टी) तानसेनमा बिनिता रानामगरको नेतृत्वमा १५ सदस्यीय समिति निर्माण भैसकेको तानसेन नगरपालिका संयोजक आकाश आले मगरले भन्नुभयो । साथै नगर भित्र केहि क्याम्पसमा पहिलेनै कृयाशिल रहेको र बाकी सबै मा बि तह वा सो भन्दा माथिल्लो तह संचालित बिद्यालय तथा क्याम्पसमा समिती निर्माण गरि संगठन बिस्तारलाई तिब्रताका साथ अगाडि बढाउने समेत बताउनुभयो । त्यस्तै गरि यता रिब्दिकोट गाउपालिका भित्रका बिद्यालय तथा क्याम्पसमा समेत संगठन बिस्तार भैरहेको छ ।
गत २२ गते बुधबार रिब्दिकोट-३ भैरबस्थानमा अबस्थित भैरब जनता मा बि मा आयुश सिंजाली मगरको नेतृत्वमा १५ सदस्यीय समिति र सरस्वती मा बि खस्यौलीमा अन्जना रास्कोटी मगरको नेतृत्वमा १५ सदस्यीय समिती निर्माण भएको जिल्ला समिती सदस्य तथा रिब्दिकोट गाउपालिका सह-संयोजक कल्पना बगाले मगरले जानकारी गाराउनुभयो । जिल्लाको बगनासकाली गाउपालिका -३ आर्यक भञ्ज्याङ् मा समेत संगठन बिस्तार भएको छ । हिजो भएको कार्यक्रमबाट खुम बहादुर दर्लामी मगरको नेतृत्वमा १५ सदस्यीय समिती निर्माण भएको जिल्ला कोषाध्यक्ष पबित्रा बगाले मगरले जानकारी दिनुभयो ।
अभियानलाइ निरन्तरता दिने क्रममा माथागढी गाउँपालिका वडा न.१ चिदिपानीमा अबस्थित सौभाग्य मा.बि.मा समेत संगठन निर्माण भएको छ ।
मेलिना सरा गाहा मगरको अध्यक्षतामा १५ सदस्यीय समिती गठन भएको कुरा जिल्ला समिती सदस्य एबम पुर्बखोला गाउपालिका संयोजक दुर्गा कवर मगरले बताउनुभयो ।संगठन बिस्तारको क्रममा विद्यार्थीहरुलाई संगठनात्मक अवस्था ,मगर जातिको बर्तमान अबस्था,मगर विद्यार्थी संघको आवश्यकता तथा औचित्य ,भाबी लक्ष्य उद्देश्यको बारेमा नेपाल मगर संघ पाल्पाका अध्यक्ष तेज घर्ती मगरले प्रकाश पार्नुभएको थियो । विभिन्न पालिकामा भैरहेको कार्यक्रममा मगर विद्यार्थी संघ पाल्पाका अध्यक्ष अमित रास्कोटीमगर,कोषाध्यक्ष पबित्रा बगालेमगर,निबर्तमान सचिब सीता रास्कोटीमगर, जिल्लामा कृयाशिल सदस्यहरु दुर्गा कवर मगर,आकश आलेमगर,डेजिशा बराल मगर,खुम बहदुर सिंजापतिमगर(सोनु),कल्पना बगाले मगर,गङ्गा बारघरे मगर,ज्ञानु दिसुवा मगर,मनोज बलाल मगर लगाएतको सहभागितामा कार्यक्रम भैरहेको संगठनका अध्यक्ष रास्कोटीमगरले बताउनुभयो ।