पाल्पा, गुल्मी र अर्घाखाचीका स्थानीयतह गाउँ सभाको सैद्धान्तिक तथा व्यबहारिक अभ्यासमा

पाल्पा, भाद्र २४

पाल्पा, गुल्मी र अर्घाखाँचीका गाउँपालिकाहरुलाई गाउँ नगर सभा संचालन, सभा संचालन गर्ने कानुनी विधि र प्रक्रिया सम्वन्धी सैद्धान्तिक तथा व्यबहारीक अभ्यास कार्यक्रम तानसेनमा संचालन भएको छ । दुई दिने कार्यशालामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागितामा रहेको छ । कार्यशालामा संघियतामा स्थानीय सरकारको भुमिका दायित्व, काम कर्तव्य अधिकार, संवैधानिक तथा कानुनी व्यबस्था, गाउँ सभा संचालन पक्रिया , संघियता र नेपालको संविधान, स्थानीय सरकारका अंगहरुको बारेमा गाउँपालिका राष्ट्रिय महासंघका निर्देशक राजेन्द्र प्याकुरेल र लुम्विनी प्रदेश सभा सचिवालयकी अधिकृत सम्झना सुवेदीले सहजीकरण गरेका छन । कार्यशालामा पाल्पा, गुल्मी र अर्घाखाचीका १२ वटा गाउँपालिकाको सहभागिता रहेको छ । पाल्पा, गुल्मी र अर्घखाचीका बाकि रहेका अन्य गाउँपालिकाहरुमा दशै पछी यो कार्यशाला संचालन गरिने महासंघ लुम्विनी गण्डकी प्रदेशका समन्वय अधिकृत रविन गौतमले बताए । कार्यक्रममा महासंघका सचिवालय सदस्य एवं निवर्तमान छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले जनताको घरदैलोको सरकार भनेकै स्थानीय सरकार भएको सबै जनताले हाम्रो निगरानी गरीरहेकोले जनतामुखी भएर काम गर्नुपर्ने पोखरेलले बताए । कार्यशाला गाउँपालिका महासंघका सचिवालय सदस्य एवं कालीगण्डकी गाउँपालिका स्याङ्जाका निवर्तमान अध्यक्ष खिम थापाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय सदस्य कृष्ण बस्यालको स्वागत र महासंघका लुम्विनी र गण्डकी प्रदेशका समन्वय अधिकृत रविन गौतमको सञ्चालनमा भएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *