बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने सरकारको निर्णय

काठमाण्डौं, भाद्र २४

संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनमा नेपालले तीन दिन शोक मनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । दिवंगत महारानीको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको एक मन्त्रीले जनाएका छन् । बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा हिजो यही भदौ २३ गते निधन भएको थियो । सरकारले दुःखद घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति समवेदना व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *