मलाई कहिले काँही त, धत् यो नचाहिने काममा आए झै लाग्छ ः मेयर श्रेष्ठ


शनिबार दिउँसो तानसेन नगरसरकारको सय दिने कार्य प्रगति विवरण सार्वजनिक कार्यक्रम थियो । पत्रकार भेटघाटका लागी आयोजित नगरको मिनिहलमा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले १५ बुदे कार्यप्रगति पेश गरेपछि पत्रकारले प्रश्न, जिज्ञासा र शुझाव एकै चोटी राखे । नगरप्रमुख भएपछि पहिलो पटक पाल्पाली पत्रकारहरु संग फेस गरेका श्रेष्ठले झण्डै एक घण्टा पत्रकारका प्रश्नको जवाफमै खर्चिनुपर्र्यो ।
“म भ्रष्ट्राचारपनि गर्दिन, गर्न पनि दिन्न” भन्दै प्रश्नको जवाफ दिन शुरु गरेका नगरप्रमुख मेयरले मनमा भए रहेका सबै कुरा खोल्दै जानुभयो । “म जुन दिन सम्म रहन्छु, ठोकेरै काम गर्छु,”उहाँको भनाई थियो, “मलाई अर्कोपटक मेयरमा उठ्नुछैन । ”
तानसेनको पुरानौ एतिहाशिकता छ, बाटो फराक बनाएर, भएका घर तथा संरचना भत्काएर केही माखो मर्दैन, जे छ, त्यसैलाई जोगाएर अघि बढ्नुपर्छ । पुरानो तानसेनलाई यसै छोडेर शहरी बिकासका लागी माडी, अर्गली , पर्वास तिर नयाँ योजना बनाएर काम गर्ने उहाँको भनाई छ ।
“खानेपानीमा म भन्दा ठूला मान्छेहरु समितिमा छन्, उनीहरुलाई कति भनीरहनु, तानसेन खानेपानीका समस्या समाधानका बिषयमा मेयर श्रेष्ठले आफ्नै घरमा हप्तामा एक पटक पानी आउनेभएकाले सरसफाईका लागी प्रभासतिर लग्दै आएको बताउनुभयो । तर खानेपानी समिति अवैध भो, यसलाई वैध बनाउनुस भनेर भनेको छु, उ बेला बिभिन्न पार्टीबाट खटिएकाहरुले चलाएको समितिलाई फेरी निर्वाचन गरेर नयाँ समिति बनाउनुस् भनेको छु, नगरप्रमुख श्रेष्ठले भन्नुभयो “समितिले मासिक घाटामा रहेको बताएका छन्, मैले उनीहरुलाई भनेको छु, यदि तपाईहरुले चलाउन नसक्नेभए अव म आएको छु, मैले आनन्दले चलाईदिन्छु । ”
श्रीनगरलाई ब्यवस्थित गर्ने कुरामा उहाँ अलि फरक रुपमा प्रस्तुत हुनुभयो, नगरपालिका भएदेखिनै उसैले श्रीनगरको संरक्षण गर्दे आएको भन्दै उहाँले
यस अघिका नगरसरकारले श्रीनगरको जिम्मेवारी दिएका संस्थाले रकम नतिरेकोमा असन्तुष्टी जनाउनुभयो । आँफै नगदीरसीद छापेर दनादन पैसा उठाएछ, हामीले मागीरहेका छौ सुने नसुनै झै भैरहेको छ । २०१७ साल देखि जुन बेला बन एैन आएको थिएन, नगरपालिकाले हेरालु राखेर श्रीनगरको संरक्षण गरेको भन्दै उहाँले शामुदायिक बनका कामकारवाही प्रति दुखेसो गर्नुभयो । उनीहरुले १२ लाख बढीको टिकट काटेको देखियो, मैले त्यो नानी (बनका अध्यक्ष ) लाई बोलाएर सोधे कति छ पैसा भन्दा उनले एक पैसा नि छैन भनिन् । मैले मानिन, धेरै पटक ताकेता गरियो पैसै उठाउन सकिएको छैन । हरेक दिन के के हो, के के समस्या लिएर जनता आईरहन्छन्, मैले मिलाउने प्रयास गरिरहेको छु ।

कहिले काँही त यो नगरसरकार हैन, नगर ईकाई हो झै लाग्छ, एउटा मान्छेले घ्वार घार पर्खाल बनाईराछ, रोक्न सकिदैन, के को सरकार ? कारवाहीका लागी सिडियोलाई भन्यो, काम भैरहेको छ भन्ने जवाफ मात्रै आउँछ, उहाँ को असन्तुष्टी थियो, मलाई कहिले काँही त, धत् यो नचाहिने काममा आए झै लाग्छ । नगरभित्रका सरकारी बिद्यालयलाई मर्च (एकठाउँमा गाभ्ने ), बजार क्षेत्रका विभिन्न स्थानमा कम्तीमा मोटरसाईकल पार्किङ्ग गराउने, फोहोर ब्यवस्थापनको कामलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
जव वडा अध्यक्षकै नाम विर्सिपछि…..
हामीले हवाई मैदान संभाब्यता अध्ययनका लागी…त्यो को रे…वडा अध्यक्ष ? छेवैमा रहेका नगरप्रवक्ता यादवसिंह कार्की र अधिकृत दुर्गा थापाले संझाईदिए राजेश अर्याल । हो उनै राजेश अर्यालको संयोजकत्वमा एउटा समिति बनाएका छौ, उसले संभाब्यताको खोजी गर्ने भन्ने छ । आफु भर्खर नेपालजंग गएर विना नक्सा, बिना मापडण्डका घरहरुलाई कसरी अभिलेखीकरण गर्ने भनेर सिकेको प्रसंगमा पनि उहाँले वडा अध्यक्षकै ना बिर्सनुभयो ।
म संग अर्को वडा अध्यक्ष पनि गएका थिए, त्यो कोरे ? छेवैमा बसेका अधिकृत थापाले संझाईदिए, टुक प्रसाद भट्राई । हो उनी र म गएर राम्रो तालिम लिएर आएका छौ, अव हामी त्यसै गर्छौ । तानसेन नगरपालीका ८० प्रतिशत ग्रामिण क्षेत्र भएको भन्दै उहाँले सवै वडाहरुमा नगरबस संचालन गर्ने योजना रहेको बताउनुभयो । सार्वजनिक गाडी नचल्ने भएकाले ग्रामिण भेटका वडा अध्यक्षलाई नगरपालिका आउन पनि समस्या भएको मेयर श्रेष्ठको भनाई छ । आज उ आउनुभएन के, वडा नम्बर ८ को अध्यक्ष को रे ? अरुले भनिदिए, सोम नाथ अर्याल । हो होमनाथ अर्याल सर आउन सक्नभएन । किन ? उहाँलाई मोटरसाईकल चलाउन आउँदैन, त्यसैले हामीले रुट बनाएर नगर बस चलाउनुपर्छ । तानसेन बनाउनका लागी भोट मागे, जिते, रातदिन खटिन्छु, खटिएको छु, उहाँले पटक पटक दोहोर्याउनुभयो, तानसेन बनाउन नसके, बिगार्दिन यति हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *